नियम ५०
फैसला लेख्दा खुलाउनु पर्ने कुरा
: (१) अदालतबाट हुने फैसलामा ठहर लेख्दा उजुरवाला र विपक्षीको दाबी तथा जिकिर, पुनरावेदन जिकिर, निर्णय गर्नु पर्ने विषय, दुवै पक्षले पेश गरेका प्रमाणहरु, कानूनी प्रश्न भएकोमा त्यसको व्याख्या, कानून व्यवसायीको बहस जिकिर र निर्णयका आधार समेतको व्यहोरा खुलाउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम तयार भएको फैसलामा फैसला तयार गरिएको मिति उल्लेख गरी फैसला गर्ने सम्बन्धित सदस्यले दस्तखत गरी प्रमाणीकरण गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम तयार भएको फैसलामा फैसला तयार गरिएको मिति उल्लेख गरी फैसला गर्ने सम्बन्धित सदस्यले दस्तखत गरी प्रमाणीकरण गर्नु पर्नेछ ।